सिंहको ‘ओ चन्द्रमा’ बिमोचन
२१ कात्तिक, काठमाण्डौ । कवि मणिराज सिंहको कविता संग्रह ‘ओ चन्द्रमा ’ बिमोचन भएको छ । शुुक्रवार काठमाण्डौको धोबिधारा स्थित युरेसिया रेयुुुकाईको हलमा प्रज्ञा प्रतिष्ठानका उपकुुलपति डा विष्णुविभुु घिमिरेले एक कार्यक्रमका बीच उक्त कृतिको बिमोचन गर्नुभएको हो ।
उक्त कृतिको बिमोचन गर्दै उपकुलपति घिमिरेले उच्चतम कला प्रयोग गरेर अभिव्यक्ति प्रस्तुुत गर्नु कविता हो भन्दै कवि सिंहमा त्यो क्षमता प्रशस्तै रहेको बताउनुु भयो । साथै उहाँले कवितालाई बुुद्धी र तर्कले थिच्नुु नहुने बिचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा डा. गार्गी शर्मा, प्राज्ञ मातृका पोखरेल, मञ्जुु निरौला, डा. सुुष्मा आचार्य, गोपीकृष्ण शर्मा लगायतले शुुभकामना दिनुुभएको थियो । नेपाली कविताको क्षेत्रमा महत्वपूर्ण योगदान पुु¥याउदै आउनुभएका सिंहको ‘ओ चन्द्रमा ’ कविता संग्रह सातौ कृति हो । अक्षर, खुुर्पा र खुकुुरीहरु, राजधानी छिरेपछि, तिम्रो सहरमा म, ज्योतीका युुगीन स्वरहरु, शब्दको चौतारी तिर फर्किएर जस्ता कविता संग्रहहरु प्रकाशित भइसकेका छन् ।
परिषद् र प्राज्ञसभाका सदस्यको शपथ
काठमाडौँ, २२ भदौ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले आज प्रतिष्ठानका उपकुलपति, प्राज्ञ परिषद् र प्रज्ञा सभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यको उपस्थितिमा कुलपति उप्रेतीले शपथ गराउनुभएको हो । प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री सुशील कोइरालाले आजै बिहान कुलपति डा उप्रेतीलाई शपथ गराउनुभएको थियो ।
मन्त्री आचार्यको अध्यक्षतामा गठित पूर्वकुलपति वैरागी काइँला र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति शिवहरि मरहठ्ठा सदस्य रहेको समितिले गरेको सिफारिसका आधारमा प्राज्ञ सभामा रहने सदस्यको चयन गरिएको थियो ।
प्राज्ञसभासद्मा डा विष्णुराज आत्रेय गोपीरमण उपाध्याय, जगत्प्रसाद उपाध्याय, लोकबहादुर थापा, गायत्री विष्ट, नारायण आचार्य, वासुदेव भट्ट भाइसाहेब, पुष्प थाम्सुहाङ, धु्रव मधुकर्मी, विवश पोखरेल, वियोगी बुढाथोकी, यज्ञराज प्रसार्इं, डा दीर्घमान गुरुङ, हेमनाथ पौडेल, धीरेन्द्र प्रेमर्षि, उमाशङ्कर द्विवेदी, शशि लुमुम्बु, वासुदेव पाण्डे, नरनाथ लुइँटेल, कालीबहादुर शाही, डा अम्बिकादेवी घिमिरे, हरिप्रसाद तिमिल्सिना, उपेन्द्र पागल र शम्भुकुमार मिलन हुनुहुन्छ ।
प्राज्ञ परिषद्मा कुलपति उप्रेती, उपकुलपति विष्णुविभु घिमिरे, सदस्य सचिवमा प्रा डा जीवेन्द्रदेव गिरी तथा सदस्यमा प्रा डा हेमाङ्गराज अधिकारी, प्रा दिनेशराज पन्त, अमर गिरी, प्रा डा उषा ठाकुर, डा ज्ञानु पाण्डे, श्रवण मुकारुङ, मातृका पोखरेल र नर्मदेश्वरी सत्याल र रहनुभएको छ ।
प्रतिष्ठानका नौ पदाधिकारी गत माघदेखि र दुई पदाधिकारी वैशाखदेखि रिक्त रहँदै आएकामा सरकारले यही भदौ २० गते मात्रै प्राज्ञसभा गठन गरेको थियो । प्राज्ञसभामा संस्कृति र शिक्षा मन्त्रालयका सचिवसमेत पदेन सदस्य रहने प्रावधान छ । प्राज्ञपरिषद्का सदस्य प्राज्ञसभाका पनि सदस्य हुनेछन् ।
http://www.sambadmedia.com/?p=117484
फेसबुकमा पाका स्रष्टा – फूलमान वल
फेसबुकमा पाका स्रष्टा
फूलमान वल
काठमाडौ, श्रावण २० – 2071
यो पहाडले धर्म नछोडिदिए हुन्थ्यो
यो नदीले बाटो नमोडिदिए हुन्थ्यो
धर्ती आकाश सबैका पूजक हौं हामी
विश्वासले विश्वास नतोडिदिए हुन्थ्यो…
साठी वर्ष टेक्नै लागेका साहित्यकार सरुभक्तले सुनकोशीको पहिरोपीडितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आइतबार साँझ पौने नौ बजे आफ्नो फेसबुक भित्तामा उपर्युक्त पंक्ति लेखे। यसको दुई मिनेटमा उनले तीनवटा प्रतिक्रिया प्राप्त गरे, १४ वटा लाइक। चौथो मिनेटमा अर्की साहित्यकार उषा शेरचनले सरुभक्तकै सिर्जना अंश कपी गरेर कमेन्ट बक्समा पेस्ट गरिन्। पन्ध्रौं मिनेटमा कवि तीर्थ श्रेष्ठले भावुक प्रतिक्रिया लेखे- ‘जब निरुपाय हुन्छ मान्छे, त्यस बेला सुन्दर प्रार्थना जन्मिन्छ। सरुभक्तको यो सुन्दर प्रार्थना हामी सबै नेपालीको साझा प्रार्थना बनेको छ। हे ईश्वर, तिमी कतै छौ भने करुणा र दयाको माध्यम आफ्नो उपस्थितिको अनुभूति गराऊ।’
सोमबार दिउँसोसम्म सरुभक्तको काव्यिक अभिव्यक्तिले १ सय ३३ लाइक र १० कमेन्टसहित ६ वटा सेयर पाइसकेको छ। त्यसमा कमेन्ट गर्नेहरू प्रायः साहित्यकार, लेखक या साहित्यपारखीहरू छन्। ‘अब अहिले प्रविधिप्रति मैत्रीपूर्ण नभई नहुने समय आयो,’ ‘पागल बस्ती’, ‘समय त्रासदी’, ‘चुली’, ‘अधुरो कथा’ सहित कयौं कृतिका लेखकले सोमबार फोनमा भने, ‘फेसबुक त झन् एउटा खुला किताब जस्तो बनेको छ। कुनै पनि नयाँ सिर्जना अब सबभन्दा पहिले फेसबुकमार्फत नै सार्वजनिक हुने अवस्था आएको छ।’ त्यही भएर पनि मदन पुरस्कार विजेता यी पोखरेली स्रष्टाले घरमै वाइफाई राखेका छन्। साँझ कम्तीमा पनि डेढ घन्टा इन्टरनेटमा बिताउँछन्। इमेल चेकिङ सँगसँगै उनको प्राथमिकता हुन्छ फेसबुक।
सरुभक्त घरमा ल्यापटपमा फेसबुक चलाउँछन्, कार्यक्रमतिर निस्कँदाचाहिँ मोबाइलमा। प्रायः उनी युनिकोडबाटै पोस्ट गरिरहेका हुन्छन्। ‘अंग्रेजीबाट अलिक लामै केही लेख्नुपर्यो भने मात्रै ल्यापटप युज गर्छु, नत्र बाहिर हुँदा प्रायः मोबाइल नै हो,’ उनले भने। आफैं पनि विज्ञान र प्रविधि सम्बन्धी साहित्य सिर्जना गर्ने भए पनि अरू युवापुस्ता जसरी प्रविधिप्रति मैत्रीपूर्ण चाहिँ हुन नसकेको उनले बताए। ४ हजार ५ सय १४ जना फेसबुक प|mेन्डस्का यी धनी हरेक दिन नबिराईकन फेसबुक भने चलाउँछन्। ३० मे २०११ देखि फेसबुक चलाउन थालेका उनका वाल पोस्टिङहरू विश्लेषण गर्दा उनी मुख्यतः दुई उद्देश्यले फेसबुक चलाउँछन् : कुनै पनि राष्ट्रिय घटना, उत्सव, कार्यक्रमहरूप्रति आफ्नो विचार प्रकट गर्न तथा आफ्ना नयाँ सिर्जना सार्वजनिक गर्न। अरूले के गरिरहेका छन् भन्ने अपडेटका लागि त छँदै छ।
२८ जुलाईमा उनले ‘विचार मान्नेहरू एकअर्काका शत्रु हुन सक्छन् तर विचारहरू कहिल्यै पनि एकअर्काका शत्रु हुँदैनन्’ भन्ने महत्त्वपूर्ण उक्ति पोष्ट गरेका छन् भने २६ जुलाईमा नेवार समुदायको घण्टाकर्ण संस्कृतिमा आएको परिवर्तनबारे लेखेका छन्। राजधानीको त्रिचन्द्र क्याम्पसको घटनालाई लिएर २३ जुलाईमा उनले गरेको पोस्ट ‘विद्यार्थीहरूले पुस्तकालय जलाउँछन्, नेताहरूले देश जलाउँछन्। स्रष्टाहरूले नैतिकता जलाउँछन्। गुरुहरूले आदर्श जलाउँछन्। व्यवसायीहरूले इमान जलाउँछन्। धर्मका ठेकेदारहरूले धर्म नै जलाउँछन् अनि अहंकारपूर्वक महानताको उद्घोष गर्छन्… के गर्ने?’ ले पछिल्लो महिना निकै चर्चा पायो। यसले २३ वटा सेयर, ३१२ लाइक र ३३ कमेन्ट पाएको छ।
पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालहरूमा नेपाली तन्नेरी पुस्ताको पहुँच अनपेक्षित रूपमा भइरहेको बढोत्तरीसँगै यसले पुरानो समय बेहोरेर हुर्केका पाका पुस्तालाई पनि ‘राम्रैसँग’ छोएको देखिन्छ। उमेरले ६० को हाराहारी पुगेकादेखि ८५ वर्षसम्मका स्रष्टाहरू प्रविधिको हिसाबले तन्नेरीसँगै उभिन आइपुगेका छन्। ८५ वर्षीय कमलमणि दीक्षित रोचक उदाहरण हुन्। चौध वर्षअघि नै कान्तिपुर दैनिकले उनीबारे छापेको थियो— ‘७१ वषर्ीय हजुरबा न्युयोर्कमा नातिनीसँग च्याट गर्छन्।’ त्यसयता थुप्रै वर्ष बिते, सूचना प्रविधिसँग उनको पनि संगत बढ्ै गयो। उनी बिहान साढे सात बजेदेखि साँझ पाँच बजेसम्म इन्टरनेट पहुँचमा हुन्छन्। आफ्नै नामबाट वेबसाइट बनाएका छन्। ‘इमेलमा त दिनमा म २५ देखि ३० पटकसम्म अपडेट हुन्छु,’ उनले भने, ‘१०/११ वर्ष भयो होला, हातले लेख्नै छाडिदिएँ।’
उनको फेसबुक एकाउन्टको भने रोचक कथा छ। सर्च गर्दा उनको नाममा फेसबुक एकाउन्ट भेटिन्छ, ढाका टोपी, चस्मा, दौरा-सुरुवाल र कोट लाएर कुर्सीमा ढल्किरहेको प्रोफाइल पिक्चर र तन्नेरी छँदा पत्नीसँग खिचिएको श्यामश्वेत कभर फोटोसहित। यो एकाउन्टमा गएको २० जुलाईसम्म उनी अपडेट भएको देखिन्छ। यो मितिमा उनले एउटा अनलाइनमा छापिएको ‘यी हुन् नेपालका १५ धनी जाति’ लिंकमा ‘आँखै खोल्ने तथ्यांक पढ्न पाइयो त’ भन्दै कमेन्ट गरेका छन्। २८ अपि्रल २०१३ मा उनले कभर फोटो चेन्ज गरेका छन् पत्नी अञ्जु दीक्षितसँगको पुरानो तस्बिरसहित, जसले ३३ लाइक, ४ कमेन्ट, ४ सेयर पाएको छ। उनकै छोरी रूपा दीक्षित जोशीले ‘आई थिंक देवीजी इज फिफटन एन्ड प्रेगनेन्ट विद दाजी कुन्दा…’ लेखेकी छन्। ६ अगस्ट २००९ देखि नै सक्रिय देखिएको यो एकाउन्ट भने छोरी रूपाले नै खोलिदिएको उनले खुलाए। ‘इमेल, इन्टरनेटको म हदैसम्मको युजर हुँ,’ मदन पुस्तकालय मार्फत नेपाली साहित्यका कृतिहरूको डिजिटलाइजेसनमा समेत सक्रिय उनले भने, ‘तर फेसबुक भने चलाएको छैन। सबै छोरीकै काम हो।’
७१ वषर्ीय स्रष्टा यादव खरेल पनि फेसबुकका नियमित पारखी हुन्। यसको प्रयोगबारे उनको भने बेग्लै मान्यता छ। उनी फेसबुकचाहिँ दिनहुँ या अवस्था नमिल्दा दिन बिराएर अपडेट हुन्छन्, तर ‘जे पायो त्यही पोस्टचाहिँ’ गर्दैनन्। ‘घन्टैपिच्छे यहाँ गएँ, यो खाएँ, यसो गरें भनेर फोटाहरू राख्नु वाहियात हो जस्तो लाग्छ,’ उनले भने, ‘अलिक वेट हुने सामग्री छ भने पोस्ट गर्छु नत्र अपडेट मात्रै हुने हो।’ पछिल्लोपटक उनले २६ जुलाईमा कान्तिपुर दैनिकमै प्रकाशित ‘जय होस्’ शीर्षकको आर्टिकल पोस्ट गरेका छन्। ७ नोभेम्बर २०११ मा एकाउन्ट खोलेका उनले महिनामा तीन या चारभन्दा बढी पोस्ट गरेको देखिँदैन। ‘प्रविधिप्रति मैत्रीपूर्ण हुनु राम्रो हो, तर एडिक्ट नै हुनुचाहिँ
खराब,’ उनले भने, ‘त्यही भएर आफूलाई चाहिएको बेला यसको प्रयोग गर्छु। कम्तीमा ३० या ४५ मिनेट घरमै इन्टरनेटमा
बस्ने गर्छु।’
पछिल्ला वर्षहरू इलाममा रहेर रेडियो फिक्कल चलाउँदै आएका ६७ वर्षीय स्रष्टा गणेश रसिक पनि खरेलकै मार्गमा छन्। उनले २०१० मै फेसबुक एकाउन्ट खोले। एक्टिभ पनि भए। अहिले पनि उनको एकाउन्ट खुला नै छ। फ्यानहरूले टयाग गर्नेदेखि लिएर म्यासेज सबै पठाउन मिल्छ। तर, उनी आफैं भने त्यत्ति एक्टिभ छैनन्। पछिल्लो पटक उनले ३० नोभेम्बरमा पोस्ट गरेका छन्— ‘मागी मिठो खाँदैन। चोरी राम्रो लाउँदैन। सधैं आफ्नो पाखुरीले खान्छ सिठो पिठो, यो नेपाली ठिटो…।’ यो पोस्टमा उनले १० लाइक र ४ कमेन्ट मात्रै पाएका छैनन्, क्यानाडा बस्ने उनका फ्यान भोला सुवेदीले लेखेका छन्- ‘गणेश सर नमस्कार छ नै। दया गरेर एकचोटि क्यानाडा घुम्न आउनुहोला है।’ यसअघि ३० अक्टोबरमा गरेको रसिकको पोस्ट पनि रसिक नै लाग्छ— ‘घर छोडी परदेश लाग्दा घरकै माया लाग्दो रै’छ…।’ उनले इलामबाट फोनमा भने, ‘यो फेसबुक भनेको कस्तो रैछ भने धेरै चलाउँदै जाँदा एडिक्ट नै भइने। एडिक्ट भइन्छु कि भन्ने डरले अचेल चलाउन छाडेको छु, तर अपडेटचाहिँ हुन्छु।’
कुनै बेला साहित्यिक रचना छाप्नुपर्यो भने महिनौं कुर्नुपर्ने, सम्पादक चिनेको हुनुपर्ने, हुलाकबाट पठाउँदा रेस्पोन्स नगर्ने अवस्था थियो। राणाकालीन इतिहास बोकेको साहित्यक पत्रिका ‘शारदा’ देखि मुलुकबाहिरबाट निस्कने ‘उदय’ हुँदै ‘मधुपर्क’ सम्मले नेपाली साहित्य प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेका थिए। अहिले पनि दर्जनौं साहित्यिक पत्रिका नियमित छन्। तर, तिनले पनि आफ्नो विज्ञापन फेसबुकबाट नगरी नहुने अवस्था सिर्जना भएको छ। पत्रिका छापिने संख्याभन्दा बढी फेसबुकमै साथी बनाउन मिल्ने भएकोले पनि अचेल साहित्यिक रचना फेसबुकमै छाप्नेहरू थुप्रै छन्। तीर्थ श्रेष्ठ, विक्रम सुब्बा, राजेन्द्र सुवेदी, मातृका पोखरेल, मञ्जुल, सुधा त्रिपाठी, ज्ञानुवाकर पौडेल, उषा शेरचन, कृष्ण धरावासी, रमेश क्षितिज, शारदा शर्मा, विधान आचार्य, लक्ष्मण गाम्नागे, राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ, एस्पी कोइरालादेखि पूर्वका विवश पोखरेल, मधु पोखरेल, कुन्ता शर्मा, राधिका गुरागाई, भवानी क्षेत्रीसम्मका पाका स्रष्टाहरू फेसबुकमा नियमित रचना पोस्ट गरिरहेका हुन्छन्।
‘अब प्रविधिलाई जीवनबाट छुट्टयाएर हेर्नै मिल्दैन,’ पाका स्रष्टा कमलमणिको निष्कर्ष छ, ‘त्यही साहित्य पनि प्रविधिप्रति मैत्रीपूर्ण हुनुपर्छ।’
प्रकाशित मिति: २०७१ श्रावण २० ११:१०
एमाओवादीको “झोलामा पुस्तक अभियान”
एमाओवादीको “झोलामा पुस्तक अभियान”
काठमाडौ/ एमाओवादीको केन्द्रीय कार्यालयमा सधैजसो राजनीतिक भेला बैठक भइरहन्थ्यो । तर आइतबार फरक दृश्य देखियो । पार्टीका सचिव गिरिराजमणी पोखरेललाई कवि मातृका पोखरेलले झोला र त्यसमा राख्न दुइटा किताब दिए । पोखरेलले मुस्कुराउदै किताब हालेर झोला भिरे । त्यत्ति गरेपछि कवि बलराम तिमल्सिनाले घोषणा गरे– हाम्रो ‘झोलामा किताब अभियान’ सुरु भएको छ ।
पार्टीको सांस्कृतिक मोर्चा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघले सुरुवात गरको अभियानलाई पार्टी रुपान्तरणको अभियानमा महत्वपूर्ण सावित हुने नेता पोखरेलको भनाइ थियो । किताबकै बलबाट आफू अहिलेको अवस्थासम्म आइपुगेको स्मरण गर्दै अभियानले अध्ययनका लागि उर्जा दिने बताए । उनले पछिल्लो समय अध्ययनको संस्कृति घटिरहेकोमा चिन्ता व्यक्त गर्दै भने, । पहिलो किताब पसलमा सोध्दा सबैभन्दा बढी किताब किन्ने माओवादी भन्थे, अहिले सबैभन्दा कम किन्ने माओवादी भएका छन् । यसले अध्ययन संस्कृति घटेको देखाउछ । यसलाई पुनजागृत गर्न अभियान आवश्यक थियो ।’
मोर्चा इन्चार्ज विश्वभक्त दुलाल आहुतिले पनि अध्ययन संस्कृतिको क्षयीकरण भएकोले अभियान आवश्यक रहेको प्रष्ट पारे । अहिले झोलामा पुस्तकको सट्टा सिलबन्दी बोलपत्रको खाम हुन थालेको छ । क्रान्तिकारी महिलाको झोलामा पनि पुस्तक भेटिदैन, अरु–अरु नै चिज भेटिन्छ ।’ उनले चिन्ता व्यक्त गरे ।पुस्तकविनाको ज्ञान अपरिस्कृत हुने बताउदै उनले भने, ‘ज्ञानको स्रोत त जीवन नै हो । तर संस्लेषित ज्ञान भने पुस्तकमा मात्र हुन्छ । त्यसैले हामीले शिष्टाचारको प्याकेजमा नमस्कार, सन्चै मात्रै होइन, कुन पुस्तक पढिरहनुभएको छ भनेर पनि सोध्ने अभियान थालेका हौं ।’
कार्यक्रममा नेकपा माओवादीको सांस्कृतिक मोर्चा अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले पनि अभियानमा आफ्नो ऐक्यवद्धता जनाए । उनले पार्टी फरक भए पनि सांस्कृतिक मोर्चाको गन्तव्यमा धेरै फरक नपरेको भन्दै अभियानमा सहभागी हुन र सहकार्य गर्न तयार रहेको बताए । अभियानमा पठन संस्कृतिलाई जीवनको अभिन्न अंग बनाउदै दैनिक भेटघाटमा सञ्चो विसन्चोको साथमा पुस्तकबारे पनि चर्चाको संकल्प गरिएको
महासंघका संयोजक तथा कवि मातृका पोखरेलले बताए ।
कार्यक्रमका बारेमा नयाँ पत्रिकाका पत्रकार “कला अनुरागी ” को रिपोर्ट ……………….
काव्य तथा आख्यान प्रशिक्षण कार्यक्रम
काव्य तथा आख्यान प्रशिक्षण कार्यक्रम
प्रगतिशील लेखक सङ्घ, नेपालले २०७१ साल वैशाख ३० र ३१ गते ‘काव्य तथा आख्यान प्रशिक्षण कार्यक्रम एवं कविता गोष्ठी’ सम्पन्न गरेको छ । सुदूर पश्चिमाञ्चलको कैलाली जिल्लामा आयोजना गरिएको उक्त दुई दिने कार्यक्रम धनगढीमा सम्पन्न भएको हो । कार्यक्रममा भाग लिन काठमाडौंबाट प्रलेसका अध्यक्ष अमर गिरीको नेतृत्वमा साहित्यकार जगदीशचन्द्र भण्डारी, आहुति, मातृका पोखरेल, शशीधर भण्डारी, हिरामणि दुखी, मित्रलाल पंज्ञानी, अर.एम. डंगोल, विष्णु भण्डारी र सङ्गीत श्रोता गएका थिए भने वुटवलबाट साहित्यकार दिल साहनी र कपिल लामिछाने गएका थिए ।
प्राडा. कपिल लामिछाने र पुष्कर भट्टले आख्यानमा प्रशिक्षण दिए भने प्राडा. जगदीशचन्द्र भण्डारीले काव्यमा प्रशिक्षण दिए । त्यस्तै साहित्यकार दिल साहनी, आहुति, आर.एम. डंगोल र विष्णु भण्डारीले आफ्नो रचना सिर्जना अनुभव सुनाएका थिए । कवि, लेखक तथा साहित्यकारद्वारा खचाखच भरिएको धनगढीको साथी होटलको सभाहलमा भएको प्रशिक्षण कार्यक्रमको सञ्चालन कवि संगीत श्रोताले गरे भने कविता गोष्ठीको सञ्चालन युवा कवि जनक रसिक र बाबुराम आचार्यले गरे ।
साहित्यिक पत्रकारद्वय सम्मानित
संघका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा भएको उक्त साहित्यिक कार्यवक्रममा सबैजसो वक्ताहरूले ‘साहित्यिक पत्रकारिता’को आफ्नो छुट्टै पहिचान भएर पनि ओझेलमा परेकोमा चिन्ता व्यक्त गरे। साथै पञ्चायतकालदेखि पक्षपात बेहोर्दै आएको यस क्षेत्रले अहिलेको गणतन्त्रकालमा पनि यथास्थिति भोग्दै आएकोमा उनीहरूले दुखेसो पोखे। उक्त कार्यक्रममा कमल दीक्षित, शान्तदेव भट्टराई, अच्युतरमण अधिकारी, अमर गिरी, विष्णुविभु घिमिरे, दुर्गाप्रसाद श्रेष्ठ, रामप्रसाद पन्त, मातृका पोखरेल, चेतनाथ धमलालगायतका वक्ताले मन्तव्य राखेका थिए।
Published Date: June 14, 2014
तराई कथामा उपन्यास
काठमाडौ, जेष्ठ ८ – दोस्रो जनआन्दोलनको केही वर्षपछि तराई पनि तात्यो । धनजनको क्षति भयो । योसँगै तराईका अनेकौं मुद्दाहरु सतहमा आए । यस्तो अवस्था बन्यो कि, जीवनका स-साना पक्ष पनि जटिल बन्दै गए । प्रेम, सद्भाव र सहकार्य टुट्न थाल्यो । रंगकर्मी रमेशरञ्जन झाले यिनै पक्षहरु समेटेर तीन वर्षअघि मैथिली भाषामा नाटक लेखे- ‘सङोर’ । यही उपन्यासको नेपाली संस्करण ‘उमस’ बुधबार सार्वजनिक गरियो । ‘उमस’ भनेको गर्मीपछि उत्पन्न हुने अन्तरताप या छटपटी हो,’ किताब लोकार्पण समारोहमा रमेशले भने, ‘तराई आन्दोलनको पृष्ठभूमि, यसपछि उत्पन्न अन्तरताप र छटपटी समेटेर उपन्यास लेखेको हुँ ।’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा किताब लोकार्पण गरेका हुन् । अध्यक्ष दाहालले ‘रमेशरञ्जन नाटक लेखन, मञ्चन, निर्देशनदेखि कविसम्मको छवि बनाएका बहुआयमिक व्यक्तित्व रहेको उल्लेख गर्दै जनयुद्धपछिको मिथिला समाजलाई जीवन्त रूपमा किताब उतारिएको’ दाबी गरे । उनले सशस्त्र युद्धपछि समाजमा त्यसको विकृत पक्षको रूपमा थुप्रै स-साना सशस्त्र समूहहरु निर्माण हुने र तिनले समस्या उब्जाउने बताउँदै उपन्यासमा त्यस्ता विषयलाई पनि उठाइएकोमा रमेशले धन्यवाद दिए । उपन्यासमाथि निनु चापागाईं, रामचन्द्र झा, मात्रिका पाखेरेल, रमेश भट्टराई, बलराम तिमिल्सिना लगायतले टिप्पणी गरे । ‘मिथिला क्षेत्रको राजनीतिक सामाजिक पक्षको गम्भीर कलात्मक प्रस्तुति उपन्यासमा पाएँ,’ रामचन्द्रले भने । निनुले चाहिँ ‘मधेस मुद्दामा धेरै लेखकले कलम चलाएको भए पनि त्यही समाजलाई मिहीन ढंगले बुझेको आधिकारिक साहित्यको रूपमा रमेशको उपन्यास रहेको’ दाबी गरे ।
प्रकाशित मिति: २०७१ जेष्ठ ८ ०९:३८ –
See more at: http://www.ekantipur.com/np/2071/2/8/full-story/389627.html#sthash.pfQVvRF4.dpuf
एकीकृत माओवादीको जम्बो टोली चीन जाँदै
काठमाण्डु, १० चैत– चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा एकीकृत माओवादीको एक टोली आज चीन भ्रमणमा जाने भएको छ ।
विदेश विभागका वरिष्ठ सदस्य एवम् पूर्वपोलिट्ब्युरो सदस्य निनु चापागाईंको नेतृत्वमा २० सदस्यीय टोली राति ११ बजे चीन जाने भएको हो ।
टोलीमा चापागाईंसहित दीपेन्द्र पुनमगर, क्षेत्रबहादुर श्रेष्ठ मुक्ति खनाल, रेशम चौलागाईं, मातृका पोखरेल, बलराम थापा, टिका बाँस्तोला र झम्कप्रसाद पराजुली छन् । यस्तै टोलीमा लेखबहादुर थापामगर, समीर दाहाल, चिजा गर्तौला श्रेष्ठ, विष्णुकुमारी क्षेत्री, ऋषिकेशव बुढामगर, हिमकान्त भुषाल, रामचन्द्र महतो, दिपबहादुर योञ्जन र विष्णुबहादुर विष्ट छन् । १० दिने चीन बसाइका क्रममा टोलीले ग्वान्जाओ, हुनान र वेइजिङको भ्रमण गर्ने माओवादी विदेश विभाग सदस्य युवराज चौलागाईंले काठमाण्डु टुडेलाई जानकारी दिए । टोलीले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेताहरुसँग भेटघाट गरी स्थानीय पार्टी कमिटिहरुको सञ्चालन र कार्यपद्धतिबारे जानकारी लिने चौलागाईंले बताए । टोली आगामी २० चैतमा स्वदेश फर्कने बताइएको छ ।
राष्ट्रिय कविता महोत्सवमा सुवेदी प्रथम
राष्ट्रिय कविता महोत्सवमा सुवेदी प्रथम
23 Jun 2013 | 19:43pm
आइतबार ९ असार, २०७०
नागरिक
काठमाडौं— राष्ट्रिय कविता महोत्सव–२०७० मा झापाका चक्रकुमार सुवेदीको ‘छोरी नीहारिकासँग’ शीर्षकको कविता प्रथम भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको ५६ औं वार्षिकोत्सवका उपलक्षमा आयोजित महोत्सवमा नवलपरासीका बाबु त्रिपाठीको ‘विज्ञप्तिः चराहरुको’ शीर्षकको कविता द्वितीय तथा काभ्रेपलान्चोककी रमा अधिकारी ‘कादम्बरी’ को ‘साथीसँग प्रश्न’, काभ्रेकै दुशला अधिकारीको ‘माटो र माया’ र भक्तपुरका शिवराम सापकोटाको ‘भाइसँग’ शीर्षकका कविता तृतीय भएका छन्।
विजयीलाई क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार नगदसहित स्वर्ण, रजत र कास्य पदक प्रदान गरिनेछ।
सम्पूर्ण विजेतालाई चाँडै राष्ट्रपतिबाट पुरस्कार प्रदान गरिने राष्ट्रिय कविता महोत्सव–२०७० कविता छनोट तथा मूल्याङ्कन समितिका सदस्यसचिव सन्ध्या पहाडीले बताइन्। यस वर्षको महोत्सवमा मलेसियाबाट एक सहित देशभरबाट २९३ कविता प्राप्त भएका थिए।
कविता छनोट समितिमा बुँद राना, सुलोचना मानन्धर धिताल, अमर गिरी, खगेन्द्रप्रसाद लुइँटेल, राधेश्याम लेकाली र मातृका पोखरेल रहेको बताइएको छ।
– See more at:
http://www.nagariknews.com/society/nation/story/3202/3202